दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने
काठमाडौँ।‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ।आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको जानकारी दिएको हो।
नेपालमा निर्माण भएका आदिवासी जनजाती र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ बर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुनेछ।
फिल्म,निर्देशक,अभिनेता,अभिनेत्री,सम्पादक,नव अभिनेता,नव अभिनेत्री, छायाकार,खलकलाकार,कथा,ब्याकग्राउड म्युजिक,द्धन्द निर्देशक र नव निर्देशक गरेर बिभिन्न १३ बिधामा अवार्ड समेटिएको छ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दर्शक डरका कारण हलसम्म आउँन नसकेको बताए।उनले सार्वजनिक यातायात,सपिङ सेन्टर भन्दा फिल्म हल दर्शकका लागि धेरै सुरक्षित रहेको बताए।उनले निर्धक फिल्म हेर्न आगैह समेत गरे।
कार्यक्रममा कलाकार संघका पुर्व महासचिव एंव अभिनेत्री सरिता लामिछाने,बरिष्ठ चलचित्र निर्देशक ऋृषि लामिछानेले अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने बताउए।अवार्ड निस्पक्ष हुनुपर्ने धारणा उनीहरुले राखेका थिए।आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले श्रष्ठा र सृजनाको रक्षा गर्ने बताए।
हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक बर्ष नियमित आयोजना गर्ने उदेश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण विचको बर्षहरुमा आयोजना हुन सकेन।
For More News : https://www.enepalese.com/2021/12/335933.html